कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा आयो

55 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कलंकीस्थित भाटभटेनीमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको थियो । जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ ।

घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीबाट जेनेरेटरमा क्षति भएको छ ।