एमालेको सचिवालय बैठक बस्दै

25 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडो. । एमालेको सचिवालय बैठक आइतबार भोलि बस्दै छ । ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीकाअनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखेको छ ।