ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालको जित

26 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । नेपालको यो प्रतियोगितामा लगातार दोस्रो जित हो ।

यसअघि शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको थियो । नेपाल प्रतियोगिताको साविक विजेता पनि हो । जितसँगै नेपाल ४ अंक बटुल्दै समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।