धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

127 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु छ। ९ जना घाइते भएका छन्।

निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट मल बोकेर पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा आज बिहान ९ बजे दुर्घटना भएको निलकण्ठ नगरपालिका ५ का वडाध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।