आजदेखि विद्यार्थी भर्ना अभियान शुरु

23 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलोलगायतका कार्यक्रम हुनेछन् ।

अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ । विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ ।