संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रिया: सञ्चारमन्त्री शर्मा

28 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ ।

आज आइतवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक भएपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद अधिवेशन स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताउनुभएको हो । उहाँले स्वभाविक रुपमा भएको संसद अधिवेशनलाई अरु अर्थमा बुझ्न नहुने बताउनुभयो ।

मन्त्री शर्माले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली काँग्रेसको आरोप गलत भएको बताउनुभयो । उहाँले सरकार अब बजेट अधिवेशनको तयारीमा लागेको बताउनु भयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नका लागि संसद अधिवेशन अन्त्य गरेको बताउनुभयो ।

मन्त्री शर्माले एउटा अधिवेशनबाट अर्को अधिवेशनमा पुग्नका निम्ति संसद अधिवेशन बन्द गर्नैपर्ने बाध्यता रहेको बताउनुभयो ।