नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै

28 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडो । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक संसद् भवनस्थित ल्होत्से हलमा बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै सांसदका काम कारवाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने भन्ने बारेमा र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने जनाइएको छ ।