नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छिचोलियो

34 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच आज सुरुङ छिचोल्ने काम भएको नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो । सुरुङ छिचोल्नका लागि दुई मिटर मात्र बाँकी रहेकोमा आज प्रधानमन्त्रीको उपस्थितिमा विस्फोट गराएर छिचोल्ने काम भएको उहाँले बताउनुभयो ।

सुरुङ छिचोल्ने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजमार्गहरूमा सुरुङमार्ग, फ्लाईओभर तथा अन्डरपास निर्माणमा जोड दिने बताउनुभयो । उहाँले काठमाण्डौबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रूतमार्गहरू बनाउनुपर्ने पनि बताउनुभयो ।