पतेनी दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो १२ बर्षिय प्रितम मजकोटीको उपचारका क्रममा सोमबार राती मृत्यु

249 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,४ बैशाख । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी पाल्पालीटोलमा आईतबार विहान भएको ट्रक दुर्घनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । घाइते भएका थप एक जनाको उपचारको क्रममा केएमसी सिनामंगलमा मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । जिल्ला अस्पताल धादिङबेशीमा प्रारम्भिक उपचार पछि आईतबार दिउँसो थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लगिएका घाईते मध्ये १२ बर्षिय प्रितम मजकोटीको सोमबार राती उपचारकै क्रममा मृत्यु भएको हो ।

जिल्लाको निलकण्ठ नगरपालिका ५ खाल्टे पाल्पाली टोलमा आइतबार बिहान बा २ ख ८९४७ नम्बरको ट्रक मिनिट्रक दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने अर्का एक जनाको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक बाबु छोरा हुन ।

जिल्ला अस्पताल धादिङबाट थप उपचारका लागि काडमाण्डौं पु¥याइएका ७ जना घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने गम्भिर अबस्थामा रहेको प्रितमलाई केएमसीमा भर्ना गरिएकोमा उपचारको क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको पतेनी आधारभूत बिद्यालयका प्रधानाध्यापक शिवहरी अधिकारीले वताउनु भयो ।मृतक सन्तोष र प्रितम दुवै जना पतेनी आविका बिद्यार्थी हुन ।

घरबाट गोठेमल लोड गरेर खेत तफं लैजांदै गर्दा मिनिट्रक पतेनी दाउने खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा पर्नेहरु पाल्पाली टोलका हुन ।  दुर्घटनामा एकै परिवारका पाँच सहित ९ जना सवार थिए ।

दुर्घटनामा चार जना बालबालिकासहित सात जना घाइते भएका थिए । घाइते मध्ये अहिले ट्रमा सेन्टरमा उपचार भईरहेकाहरुमा   ३५ वर्षीय हिरा रम्तेल, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *