फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

32 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज बिहानैदेखि लागू भएको छ ।

निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गरी इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य क्रमशः रु २।९६ र रु ३.४६ ले बढेर आएको र निगम सञ्चालक समितिको बैठकले राति १ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको जानकारी दिएको छ ।

योसँगै पेट्रोलको नयाँ मूल्य १७८ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको नयाँ मूल्य १६१ रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *