सुनचाँदीको मूल्य आज अहिलेसम्मकै धेरै

39 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । छापावाल सुन प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर कारोबार भइरहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि एक लाख ३९ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएर नयाँ रेकर्ड बनेको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *