जलविद्युत आयोजना बनाउँदा आवश्यक जग्गामा कुनै हकबन्दी छैन: सिंचाईमन्त्री बस्नेत

37 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत आयोजना बनाउँदा आवश्यक जग्गामा कुनै हकबन्दी नभएको बताउनुभएको छ ।

आज मंगलबार काठमाडौंमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरुबाट प्राप्त अवसर र समस्या चुनौति विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।

मन्त्री बस्नेतले जलविद्युतमा जग्गा हकबन्दीमा समस्या भएको धेरै गुनासा भएपनि कुनै समस्या नभएको दाबी गर्नुभयो । उहाँले जलविद्युत आयोजना बनाउनको लागि जग्गा हकबन्दीका विषयमा समस्या नदेखिएको बताउनुभयो । उहाँले जलविद्युत प्रवन्धकले विद्युत बिक्री वितरण गर्न नसक्ने भएकाले वातावरण प्रभाव मूल्याङ्कनमा आवश्यक पर्ने जति जमिन पाउने बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *