पतेनी दुर्घटनामा घाईते ट्रक चालक बिष्णु श्रीमलको उपचारका क्रममा मृत्यु,मृतकको संख्या चार पुग्यो

192 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,५ बैशाख २०८१ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी पाल्पालीटोलमा २०८१ बैशाख २ गते  भएको ट्रक दुर्घटनामा परि घाईते भएका ट्रकका चालक ४० वर्षीय बिष्णु श्रीमलको उपचारका क्रममा मृत्यु भएको छ । पतेनी दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

गम्भिर घाइते भएका श्रीमलको रत्नपार्क स्थित ट्रमा सेन्टरमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो । जिल्ला अस्पताल धादिङबेशीमा प्रारम्भिक उपचार पछि आईतबार दिउँसो थप उपचारका लागि घाईते ६ जनालाई हेलिकप्टरबाट र एक जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौं लगिएको थियो । काठमाण्डौंमा उपचार गराईरहेका मध्ये १२ बर्षिय प्रितम मजकोटीको सोमबार राती उपचारकै क्रममा केएमसी सिनामंगलमा मृत्यु भएको थियो ।

जिल्लाको निलकण्ठ नगरपालिका ५ खाल्टे पाल्पाली टोलमा आइतबार बिहान बा २ ख ८९४७ नम्बरको  मिनिट्रक दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने अर्का एक जनाको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक बाबु छोरा हुन ।

जिल्ला अस्पताल धादिङबाट थप उपचारका लागि काठमाण्डौं पु¥याइएका  घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टरमा उपचार भईरहेकोमा उपचारको क्रममा बिष्णु श्रीमलको  बुधबार विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको पतेनी आधारभूत बिद्यालयका प्रधानाध्यापक शिवहरी अधिकारीले धादिङ न्यूजलाई वताउनु भयो ।१२ बर्षिय प्रितम मजकोटीको सोमबार राती उपचारकै क्रममा केएमसी सिनामंगलमा मृत्यु भएको थियो ।

घरबाट गोठेमल लोड गरेर खेत तफं लैजांदै गर्दा मिनिट्रक पतेनी दाउने खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा पर्नेहरु पाल्पाली टोलका हुन । दुर्घटनामा एकै परिवारका पाँच सहित ९ जना सवार थिए ।दुर्घटनामा चार जना बालबालिकासहित सात जना घाइते भएका थिए ।

घाइते मध्ये अहिले ट्रमा सेन्टरमा उपचार भईरहेकाहरुमा ३५ बर्षिया हिरा रम्तेल,  ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *