मनकामना केबलकार भोलि एक दिनका लागि बन्द हुने

51 पटक पढिएको

सम्पादक: Dhading News

चितवन । मनकामना केबलकार भोलि एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले भोलि एक दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

सेवा पर्सि शनिवारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।