सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

31 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुलहासहित ५२ जना घाइते भएको जनाइएको छ । गम्भीर घाइते सात जनालाई सिन्धु अस्पताल पठाइएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *