मनकामना केबलकार आज बन्द, भोलिदेखि नियमित चल्ने

286 पटक पढिएको

७ बैशाख २०८१, शुक्रबार १२:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । मनकामना केबलकार आज एक दिनका लागि बन्द भएको छ । केबलकारको टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रा।लि।ले जनाएको छ ।

सेवा भोलि शनिवारदेखि नियमित सञ्चालनमा आउने पनि प्रा।लि।का नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।