गण्डकी प्रदेशसभा बैठक स्थगित
430 पटक पढिएको
काठमााडौं।गण्डकी प्रदेशको संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।आज राष्ट्रियगानको धुन सुनाएर संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो। राष्ट्रियगानको धुनसँगै बैठकमा एक मिनेट मौन धारण गरेर प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो।
कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले कुनै जानकारी गराएको थिएन।बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए भने कांग्रेस र राप्रपाका सांसद उपस्थित नै थिएनन्।







