विमानस्थलबाट फेरि पनि सुन बरामद

289 पटक पढिएको

७ बैशाख २०८१, शुक्रबार १८:०० सम्पादक: धादिङ न्यूज

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले फेरी पनि सुन बरामद गरेको छ। विमानस्थल प्रहरीले चेकजाँचका क्रममा विदेशी महिलाको साथबाट करिब ८५० ग्राम सुन बरामद गरेको हो।

प्रहरीका अनुसार भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको हो।

विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माकाअनुसार अन्डरवेयरभित्र लुकाएर सुन ल्याएको अवस्थामा उनलाई आगमन टनेल गेटबाटै पक्राउ गरिएको हो।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको शर्माले बताउनुभयो। प्रहरीले यसअघि बुधवार पनि विमानस्थलबाट बेवारिसे अवस्थामा सुन बरामद भएको थियो।