पुरानै दललाई भोट हालेर गाउँको मुहार फेर्न संभव छैन: रवि लामिछाने

33 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले गाउँको मुहार फेर्ने हो भने भोट हाल्ने चुनाव चिन्ह पनि फेर्नुपर्ने बताउनुभएको छ ।

आज इलामको गजुरमुखीधाममा भएको उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले पुरानै चुनाव चिन्हमा भोट हालेर गाउँको मुहार फेर्न संभव नरहेको बताउनुभएको हो ।

आफूहरुले काम गर्न नसके अर्को पटक अर्कै पार्टीलाई भोट हाल्नसमेत आग्रह गर्दै उहाँले रक्सी र मासुमा भोट खेर नफाल्न पनि मतदातालाई अनुरोध गर्नुभयो ।

यस्तै रास्वपासँग इमानदार उम्मेदवार बाहेक अरु केही नभएको लामिछानेको दाबी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *