अहिलेको गठबन्धनले माघ काट्न नसक्ने गगन थापाको दाबी

27 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन आउँदो माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ ।

इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अहिले बनेको गठबन्धनले यो वर्षको माघ कट्न नसक्ने जिकिर गर्नुभएको हो । उहाँले चुनावअघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउनुभयो ।

चुनावअघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको महामन्त्री थापाले बताउनुभयो । उहाँले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताउनुभयो । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको महामन्त्री थापाले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *