एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आज पनि जारी

29 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । हिजोदेखि ललितपुरको गोदावरीमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आज पनि जारी छ ।

आइतबार बैठकमा पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । प्रतिवेदनलाई आज नै पारित गरेर बैठक सम्पन्न गर्ने बताइएको छ ।

परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *