टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

20 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आज आइतबार अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलको २३ करोड ७५ लाख बराबरको सम्पत्तिको स्रोत नदेखिएको भन्दै मुद्दा दायर गरेको छ । पौडेललाई अख्तियारले गत माघ १० मा पक्राउ गरेर हिरासतमा राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *