सुनिता वाइबालाई मेन्दोमाया फिमेल मोडल ‘पब्लिक च्वाइस अवार्ड’

29 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । मोडल सुनिता वाइबाले ‘मेन्दोमाया फिमेल मोडल ‘ पब्लिक च्वाइस अवार्ड’ पाएकी छिन् ।

काठमाडौंस्थित राष्ट्रिय नाचघरमा पहिलो गौतम बुद्ध म्युजिक एन्ड फिल्मी अवार्ड २०२४ मा धादिङ नेत्रावती डबजोङकी मोडल वाइबाले ‘मेन्दोमाया फिमेल मोडल ‘पब्लिक च्वाइस अवार्ड’ पाएकी छिहुन् ।

बिएसकेल एक्टिभ नेपाल प्रोडक्सनको आयोजनामा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको आतिथ्यमा भएको कार्यक्रममा कलाकार हरूलाई फरक फरक विद्यामा थुप्रै अवार्ड वितरण गरिएको थियो ।

सो कार्यक्रममा मोडल सुनिता वाइबाले ‘तामाङ गीत ल्होसार खामाम सेम ताङ्जि’बाट सो अवार्ड पाएकी हुन् ।

करिब २ सय भन्दा धेरै तामाङ गीतहरूमा अभिनय गरिसकेकी मोडल तामाङ सेलोमा बहुचर्चित मोडलको रूपमा चिनिन्छिन् ।थुप्रै नेपाली लोकगीत आधुनिक गीतमा पनि उनले अभिनय गरेकी सकेकी छन् ।

दर्जनौँ अवार्डले सम्मान भेसकैकी वाइबाले पब्लिक च्वाइस अवार्डमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। अवार्डले आफूलाई थप जिम्मेवार र अझै उत्कृष्ट कार्य गर्ने हौसला मिलेको बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *