चुनौतीका बीच जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अघि बढाउनुपर्छ: प्रधानमन्त्री

19 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको हीरक महोत्सवका अवसरमा सोमबार गोदावरीमा आयोजित कार्यक्रममा उनले एक पटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताएका हुन्।

तर, पहिलाको जस्तो गरेर हतारमा अहिले नै हौसिएर कम्युनिस्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको उनले बताए। अहिले कम्युनिस्ट दलहरूबीचको सत्ता सहकार्यलाई राम्रोसँग अगाडि लैजाँदा एकताको आधार तयार हुने प्रधानमन्त्री प्रचण्डको भनाई थियो। उनले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गरे।

प्रधानमन्त्री प्रचण्डले समृद्धिको जनताको आकांक्षा, सामाजिक न्याय, सुशासनको आकांक्षालाई महशुस हुने गरी काम गर्न आवश्यक रहेको बताए। उनले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए। उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *