नेकपा एमाले सिद्धलेकको दोश्रो अधिबेशन बैशाख १३ गते

55 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिद्धलेक बैशाख ११ । नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको दोश्रो अधिबेशन बैशाख १३ गते विहिवार हुने भएको छ । बैशाख १० गते सोमबार बसेको पालिका कमिटीको सचिवालय बैठकले अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

अधिबेशन बैशाख १३ गते सिद्धलेक गाउँपालिका वडा नम्बर ४ आरुवासटारमा हुन गईरहेको दोश्रो गाउँपालिका अधिबेशनको उद्घाटन नेकपा एमालेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले गर्नु हुने भएको छ ।अधिबेशनमा पार्टीका केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुको समेत आतिथ्य रहने छ ।

पालिकाभरीबाट २०१ जना प्रतिनिधिको सहभागिता रहने अधिबेशनले आगामी ३ बर्षका लागि ५७ सदस्यिय कार्य समितिको चयन गर्ने नेकपा एमाले सिद्धलेक गाउँपालिका इन्चार्ज गोविन्द कँडेलले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *