कतारका राजा आज नेपाल आउँदै

14 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । मंगलबार आज साँझ ५ बजे उहाँ विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुूग्नुहुनेछ । राष्ट्रपति रामचन्द्र पोडेलले विमानस्थलमा उहाँको स्वागत गर्नुहुनेछ ।

कतारका अमिर थानीको भ्रमण दलको सुरक्षाको प्रबन्ध नेपाली सेनाले गर्दैछ । त्यसका लागि नेपाली सेनाका बलाधिकृत रथीको संयोजकत्वमा एकीकृत सुरक्षा समिति गठन गरेर सुरक्षा तैनाथीको व्यवस्थापन मिलाइएको छ ।

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो । अमिरको भ्रमणका अवसरमा गरिने सम्झौता तथा समझदारीका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँको सम्मानमा शीतल निवासमा रात्री भोजको आयोजना गरिने भएको छ ।

भ्रमणकै क्रममा कतारी राजाले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यसुची तय भएको छ भने भेटकै क्रममा प्रधानमन्त्री र कतारी अमिरबीच दइ पक्षीय वार्ता हुनेछ । सो वार्ताका क्रममा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनसक्ने जनाइएको छ ।

यसैबीच उहाँ आउने समय साँझ ५ बजेदेखि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार साँझ साढे ४ देखि साँझ ५ बजेसम्म अतिविशिष्ट व्यक्ति ९भीभीआईपी०का लागि विमानस्थल बन्द हुने भएको हो । यस्तै बुधबार राजा फिर्ता हुने समयमा पनि विमानस्थल आधा घण्टा बन्द हने भएको छ ।

सरकारले कतारी राजा नेपाल भ्रमणमा आउने दिन आज मंगलबार सार्वजनिक बिदा दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *