धादिङ बन्छेटारमा गुडिरहेको ट्रकमा आगलागी

141 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ११ बैशाख । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटार स्थित पृथ्वीराजमार्गमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । रुपन्देहीको भैरहवाबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मंगलबार विहान १०.३० वजे तिर एक्कासी आगलागी भएको हो ।

औषधिजन्य केमिकलहरु एक आपसमा ठोक्किएर आगो निस्किएको हुन सक्ने ट्रकका चालक सुशील विकले बताएका छन् । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन नसक्दा ट्रकमा समेत क्षती भएको छ ।

आगलागीको कारण खुलेको छैन तर केमिकलहरु एकापसमा ठोक्किएर आगो लागेको हुनसक्ने अनुमान छ । उक्त ट्रकमा औषधिमा प्रयोग हुने केमिकल लोड भएको  तर, कस्तो खालको केमिकल हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि केही बेर राजमार्गमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको थियो । आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल मगाइएको थियो । तर दमकल आउन ढिला भएकाले आगो ट्रकभरी फैलिएको थियो ।

दमकलको सहायतामा आगो निभाएपछि अहिले अवस्था सामान्य रहेको र राजमार्गमा गाडीहरु निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । घटनास्थलमा दमकल आउन ढिला भएकोले आगो नियन्त्रणमा लिन कठिन भएको थियो ।
धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा धुनिबेसी नगरपालिकामा र सदरमुकाममा नीलकण्ठ नगरपालिका संग मात्रै दमकल रहेको भएपनि दुवै दमकल समयमै घटनास्थल आईपुग्न ढिलाई हुंदा क्षती धेरै हुने गरेको छ ।

तस्बिर : गणेश पाण्डे /यूनिक एफएम


Leave a Reply

Your email address will not be published. Required fields are marked *