निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा प्रधानमन्त्रीको जोड
275 पटक पढिएको
काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।
आज मंगलबार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि वाह्य लगानी भित्रिने सम्भावना रहेकाले पनि सरकारले निजी क्षेत्रलाई विश्वासका लिनका लागि अध्यादेशमार्फत भएपनि आवश्यक ऐनको व्यवस्था गर्न लागेको बताउनुभएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।







