काठमाडौं आइपुगे कतारका राजा

19 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गर्नु भएको छ । उहाँ केहिबेर अघीमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएके हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण गर्नुभएको र उहाँलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि विमानस्थलमा पुग्नु भएको छ। बङ्गलादेशको भ्रमण सकेर अमिर आज काठमाडौँ आउनु भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *