राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच भेटवार्ता

18 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारी राजा अमिर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर थानीसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार उहाँसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो ।

कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आउनुभएका हो । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताउनुभएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता हुनुहुन्छ । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताउनुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *