फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

24 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँ रहेको थियो । हिजो एकैदिन सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार छ सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ६० रुपैयाँ रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *