हामीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिन्छौं : माधव नेपाल

25 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गर्नुभयो । उहाँले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताउनुभयो ।

अध्यक्ष नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताउनुभयो । उहाँले देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवद्र्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *