सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्छ: आरजु राणा

21 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताउनुभएको हो । उहाँले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने भन्दै उनीहरुको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

सभापति राणाले पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको बताउनुभयो । उहाँले पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरु भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताउनुभयो ।

सभापति राणाले आफू कृषि क्षेत्रमा पनि सरकारले बजेट बढाउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *