वेष्ट इण्डिज ‘ए’ सँग नेपाल पराजित

24 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्दको खेलमा नेपाल पराजित बनेको छ।

जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका गुलशन झा २६, लोकेश बम १७,आरिफ शेख १२, आकाश चन्द ७, दिपेन्द्रसिंह ऐरी ३,सोमपाल कामी ३, कुशल भुर्तेल २, अनिल साह १ र कुशल मल्ल शून्यमा आउट भएका थिए। कप्तान रोहित पौडेल ७१ रनमा अविजित रहे। नेपालले ९ विकेट गुमाउँदै नेपालले १५० रन बनाउन सक्यो।

टस जितेर ब्याटिङ रोजेको वेष्ट इण्डिजले सात विकेट गुमाएर १६० रन बनाएको हो। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मैत्रिपूर्ण टी-२० को दोस्रो श्रृङ्खलामा आज दोस्रो खेल हो।