नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन

312 पटक पढिएको

१६ बैशाख २०८१, आईतवार १६:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य रहेको बताउनुभएको छ । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

लगानी बोर्डका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

उहाँले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताउनु भयो ।