शेयर बजार आज दोहोरो अङ्कले बढ्यो

26 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव २७ विन्दुमा झरेको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज पोखरा फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज रिभर फल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।