राष्ट्रिय सभा सदस्य शाक्यले लिइन् शपथग्रहण

26 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गर्नुभएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट आइतवार सिंहदरबारमा एक समारोहका बीच पूर्वराजदुत समेत रहनुभएकी डा. शाक्यले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । शाक्यलाई मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गर्नुभएको थियो ।

त्यसलगत्तै सांसद शाक्यलाई सांसदको लोगो हस्तातरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाई दिनुभएको थियो । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उहाँलाई बधार्ई दिनुभएको थियो । शपथ ग्रणगलत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सभाको गरिमा उँचाइमा पु¥याउन पनि आफूले सक्दो पहल गर्ने बताउनुभयो


Leave a Reply

Your email address will not be published. Required fields are marked *