इलाममा सुहाङ नेम्वाङ अगाडि

39 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले इलाम–२ को उपनिर्वाचनको मतगणनामा पहिलो पटक अग्रता लिनुभएको छ ।

फाकफोकथुम गाउँपालिकाको १, २, ३ र ४ वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाउनुभयो ।

यसअघिको मत परिणाममा पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्का अहिले भने पछि पर्नुभएको छ । उहाँले दुई हजार १९७ मत पाउनुभयो ।

त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन्।