दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा २४ जनाको मृत्यु
125 पटक पढिएको
काठमाडौँ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ ।
मिडिया रिपोर्टका अनुसार मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७.९ मिटर सडकखण्ड बुधबार बिहान २: १० बजे भासिएको र उक्त घटनामा कम्तीमा १८ सवारी साधनहरू फसेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उक्त घटनामा २४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र ३० जनाले अस्पतालमा आपतकालीन सेवा लिइरहेका छन् । अधिकारीहरूका अनुसार उपचारका लागि अस्पताल लगिएका मानिसहरू हाल जोखिममुक्त रहेका बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचार रअनलाइनमा प्रसारित भिडियोहरूले गहिरो खाडलबाट आगो र धुवाँ निस्किरहेको देखाएका छन् । राजमार्ग भासिएर परेको उक्त खाडलमा कारहरू खसेको बताइएको छ ।