आगलागीमा परेर थाँक्रेमा घरभित्रै जलेर दुई जनाको मृत्यु

509 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २० बैशाख । धादिङको थाक्रे गाउँपालिकामा आगलागी हुँदा  घर भित्रै जलेर मृत्यु २ जनाको ज्यान गएको दुखद खबर आएको छ ।

थाक्रे गाँउपालिका ५ पुरानडाडा घट्टे खोलामा रहेको तेज बहादुर लामाको घर मा बुधबार राती आगोलागी हुदा करिब ७० वर्षीय तेज बहादुर लामा र उनकी पत्नी ठुली लामाको घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष सन्तबहादुर लामाले वताए ।

बुधवार राती सवा १० बजे तिर एक्कासी घरमा आगलागी हुँदा दम्पतीको ज्यान गएको हो । आगलागीबाट घरमा रहेको अन्न पात लत्ता कपडा लगायत घर पुरै जलेर नष्ट भएको वडा अध्यक्ष लामाले जानकारी दिए ।

आगलागीको खबर सुनेर छर छिमेकीहरु जम्मा हुँदा सम्म लामा दम्पती पुरै जलिसकेको र उद्धार गर्दा मृत अवस्थामा भेटिएको अस्थायी प्रहरी पोष्ट हाप्सेचौरले जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटना रातीको समयमा भएको र तत्काल खबर आउन ढिला हुंदा उद्धार कार्यमा ढिलाई भएर बृद्ध दम्पतीको ज्यान गएको हुन सक्ने वताईएको छ ।