सय रुपैयाँको नोटमा अब चुच्चे नक्सा

96 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ- सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ। अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

वैशाख १३ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले सो कुरा जानकारी गराएकी हुन्। उनका अनुसार सय नोटको अग्रभागमा चुच्चे नक्सा हुनेछ।

भारत अधीनमा रहेका कालापानी–लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ सालमा संसद्ले अनुमोदन गरेको थियो।