सुनको मूल्य आज ५ सयले बढ्यो

389 पटक पढिएको

३० बैशाख २०८१, आईतवार १२:४९ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । यसअघि शुक्रवार एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि एक लाख ३८ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।