सहकारी प्रकरणमा छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक देखिएको कांग्रेसको भनाइ

115 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक हुनुभएको बताएको छ । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री र नेपाली काँग्रेसका नेताहरुबीचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धान समिति बनाएर गर्न सकारात्मक हुनुभएको हो ।

छलफलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक हुनुभएको बताउनुभयो । प्रमुख सचेतक लेखकले काँग्रेसले सोमवार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताउनुभयो ।