गायक रवि ओड प्रहरी नियन्त्रणमा
261 पटक पढिएको

काठमाडौं । वैवाहिक बलात्कार आरोप लागेका गायक रवि ओड बिहीबारदेखि इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा छन्।
ओडले बिहीबार आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ओडविरुद्ध जिल्ला अदालतबाट ५ दिनको हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
गायन रियालिटी शो नेपाल आइडल सिजन २ का विजेतासमेत रहेका ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा जाहेरी दिएकी थिइन्।