कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने

392 पटक पढिएको

३० बैशाख २०८१, आईतवार १८:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि विश्वासको मत लिनुहुने भएको छ।
२७ वैशाखमा मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गराउनुभएको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको बिहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
सोमबारको बैठकबाटै विश्वासको मत लिने तयारी मुख्यमन्त्री कार्कीले गर्नुभएको हो। जसका लागि उहाँले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसक्नुभएको छ।