जसपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

67 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक अहिले केहिबेरका लागि बोलाइएको छ ।

सरकार छाड्ने तयारीमा रहेको जसपा नेपालले बैठकमा सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्नुका साथै पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्नेछ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री हुनुहुन्छ ।

गत आइतबार जसपा नेपाल टुक्रिएको छ । वरिष्ठ नेता अशोक राईसहित ७ जनाले नयाँ पार्टी ‘जनता समाजवादी पार्टी’ गठन गरिसकेका छन् । मधेश प्रदेशमा नेकपा माओवादी र एमालेले समर्थन फिर्ता लिएपछि संघीय सरकारमा जसपा नेपालले सरकार छाड्ने तयारी गरेको हो ।