सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने कांग्रेसको निर्णय

69 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।

आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि आफ्नो माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निष्कर्ष निकालेको छ ।

बैठकअघि बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । अवरुद्ध संसद खुलाउने विषयमा छलफल केन्द्रित थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमका लागि सहज वातावरण बनाइदिन सहयोगका लागि आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो । कांग्रेसले लामो समयदेखि सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।