कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

303 पटक पढिएको

१ जेष्ठ २०८१, मंगलवार १३:१३ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सुनको मूल्यमा आज प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ७५० रुपैयाँ छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ छ ।