सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ बहस जारी

71 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ ।

मंगलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । आज यही इजलासले मुद्दाको सुनुवाइको निरन्तरता पाउने र आजनै फैसला गर्ने तयारी रहेको छ ।

बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । फागुनमा उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।