एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी

72 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ ।

विष्णुभक्त सिग्देललाई ८८ मतले पराजित गर्दै अध्यक्षमा विजयी हुनुभएको हो । सिग्देलले २०४ मत ल्याउँदा कँडेलले २९२ मत प्राप्त गरेका निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिनुभयो ।

यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी हुनुभएको छ ।

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ ।